जैविक प्याड निर्माणमा राधा पौैडेल फाउण्डेशन

चितवन । प्राकृतिक रुपमा हुने महिनावारीलाई मर्यादित बनाउन कार्य गरिरहेको भरतपुर ७ मा रहेको राधा पौडेल फाउण्डेशनले निकट भविष्यमा जैविक प्याड निमार्ण गर्न लागेको छ ।

शनिवार फाउण्डेशनको कार्यालयमा भएको पत्रकार अन्र्तक्रियामा संस्थाकी संस्थापक राधा पौडेलले नेपालका सवै जिल्लामा महिनावारी हुदा अपनाउने कुप्रथा रहेको र महिला हिंसा हुनुमा महिलाहरु आर्थिक रुपमा सक्षम नहुनु र सुरक्षित प्याड समेत लगाउन नसक्ने हुदा नेपालमै जैविक प्याड निमार्ण गर्न लागेको र यस कार्यमा स्वयं महिलाहरुलाई नै निमार्ण कार्यमा लगाउने बताउनुभयो ।

फाउण्डेशनले उत्पादन गर्ने जैविक प्याड सल्लाको पातको बन्ने र त्यसको लागि ३० लाख खर्च लाग्ने बताईएको छ । जुम्ला जिल्लाको विषय वस्तु समेटिएको खलंगामा हमला पुस्तक प्रकासन गरि २०७० सालमा मदन पुरस्कार समेत प्राप्त गर्न सफल पौडेलले देशको ६१ जिल्लाको भम्रण गरि सो जिल्लामा भएको महिनावारी सम्वन्धी कुप्रथा बारेमा मर्यादित महिनावारी सम्वन्धी पुस्तक समेत प्रकाशन गर्नु भएको छ ।

नर्सीङ अध्ययन गरेर महिनावारी सम्वन्धी यथार्थता बुझनु भएकी पौडेलले सानो उमेरमा महिनावारी सम्वन्धी नबुझ्दा ९ वर्षको उमेरमा आत्माहत्या गर्ने समेत योजना बनाएको अन्र्तक्रियामा बताउनु भएको थियो ।

३ विषयमा पिएचडि गर्नु भएकी पौडेलले स्वयं सेवी रुपमा विगत २० ,२२ वर्ष देखि निरन्तर कार्य गरिरहनु भएको र चितवनमा न्यायको लागि सक्रिय महिला मंच मार्फत महिला हिंसा सम्वन्धी धटना संकलन, पिडितको पक्षमा वकालत, महिला आयोग संग समन्वय गर्नुको साथै मध्यवर्तीका महिलाको पिडा र बाबुको पहिचान नभएका वालबालिकालाई नागरिकता दिलाउने कार्यमा संर्धषरत कार्य गरेको अन्र्त्क्रियामा जानकारी दिईएको हो ।

Loading...