फिजी नजिक मध्य प्रशान्न महाशासगरमा शक्तिशाली भूकम्प

काठमाडौं । मध्य प्रशान्त सागर क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ। भूकम्पको केन्द्रबीन्दु फिजीबाट २०० माइलको दुरीमा रहेको बताइएको छ। अमेरिकी जियोलोजिकल सर्भेको प्रारम्भिक प्रक्षेपण अनुसार भूकम्पको केन्द्रबिन्दु फिजी र टंगोको समान दुरीमा रहेको छ।

भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड गरिएको छर करिब ५६० किलोमिटर गहिराइमा रहेको बताइएको छ।

शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने नभएको प्यासिफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ।

Loading...