महिलाहरु रोजागर संगै व्यवशायिक कार्यतर्फ आकर्षित

कावासोती वडा नंः १५ का महिलाहरुद्धारा अथिति गृह संञ्चालन

- बिबेक भण्डारी

नवलपुर । नवलपुरको कावासोती वडा नंः १५ का महिलाहरुद्धारा संञ्चालित अथिति गृहले महिलाहरुलाई रोजागर संगै व्यवशायिक कार्य तर्फ आकर्षित तुल्याएको छ ।

तिन महिना अघि देखि संञ्चालित थारु महिला अतिथि गृहमा अहिले महिलाहरुलाई अतिथि स्वागत संस्कार गर्न भ्याई नभ्याई रहेको देखिएको छ । पहिले स्थानिय महिलाहरु सानो बचत गर्न समुह गठन गरेका थिए।

समुह गठन गरेको करिव ७ वर्ष पछि स्थानिय महिलाहरुले संञ्चालनमा ल्याएको अतिथि गृहले त्यस क्षेत्रका महिलाहरुको दैनिकि नै परिर्वतन भएको स्थानिय महिलाहरुले बताएका छन।

२९ जनाको समुहले एक एक लाख को दरले रकम संकलन गरि २९ लाखको लागतमा सो अतिथि गृह संञ्चालनमा ल्याएको र हाल संञ्चालनमा रहेको अतिथि गृहकी अध्यक्ष देउकुमारी मुखियाले जानकारी दिनुभयो । अतिथि गृह संञ्चालन पछि हाल त्यस क्षेत्रमा रहेका केहि स्थानियलाई समेत रोजागर प्रदान गर्न सफल भएको छ ।

Loading...