यौनजन्य हिसां विरुद्धको अभियान अन्तर्गत भरतपुरमा मौन रुपमा विरोध प्रदर्शन (फोटोमा यस्तो देखियो )

चितवन । यौनजन्य हिसांविरुद्धको साझा अभियान अन्तर्गत चितवनमा महिला अधिकारकर्मीहरु एकजुट भई दवाब मुलक ¥याली निकाल्दै विरोध प्रदर्शन गरेका छन्।

महिला हिंसा विरुद्ध जिल्लामा काम गर्ने संघ संस्था , आमा समुह ,नागरिक समाजका अगुवा र विद्यार्थीहरुले संयुक्त रुपमा ¥याली निकालेका हुन्।

दुई दर्जन बढी संघसस्थाहरुको सहकार्यमा भरतपुरमा मौन रुपमा विरोध प्रदर्शन गरेका थिए । मौन रुपमा निक्लिएको ¥यालीमा अबको गन्तव्य यौनजन्य हिंसाको अन्त्य , छोरीलाई होईन, छोरालाई नियन्त्रण गर, म हिंसा गर्दिन हिंसा पनि सहन्न ,असल पुरुषले बलत्कार गर्दैन् लगाएतका नारा अंकित प्ले काडहर्रु बोकेका थिए।

भरतपुर महानगरपालिका कार्यालय अगाडिबाट शुरु भएको ¥याली वीरेन्द्र क्याम्पसचोक, चौविसकोठी, टेलिकमचोक हुदै जिल्ला प्रशासन कार्यालयमा पुगी समापन भएको थियो । महिला अधिकारकर्मीहरुको टोलीले ¥याली नेतृत्व गर्दै प्रदेश ३ की सांसद रिना गुरुङ, साझा अभियानकी संयोजक मिना खरेल , सहसंयोजक संगिता भटट्राईले संयुक्त रुपमा यौनजन्य हिसांविरुद्ध संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री ,गृहमन्त्री ,प्रदेश नं. ३ का मुख्यमन्त्री ,कानुन मन्त्राल तथा महिला तथा बालबालिका कार्यालय हेटौडालाई ज्ञापन पत्र बुझाएको छ।

  यौनजन्य हिंसा विरुद्ध साझा अभियान संजालको गठन गरि शुरु भएको सो अभियानले प्रधानमन्त्री कार्यालयमा पठाएको ज्ञापन पत्रमा बलत्कार सम्वन्धी मौजुदा कानुनमा संशोधन गरि सर्वस्व सहित आजिवन कैदको ब्यवस्था गर्ने देखि एसिड प्रहार गर्नेलाई समेत जन्म कैदको ब्यवस्था गर्नु पर्ने माग गरिएको छ । यस्तै पिडितलाई क्षतिपुर्ति मुद्धा दर्ता भएकै समयमा सरकारी तर्फबाट दिनु पर्ने र पछि पिडक कसुरदार नभएको प्रमाणित भएमा सरकारी ढुकुटी बाट नै क्षतिपुर्ति फिर्ता गर्नु पर्ने जस्ता माग राखिएका छन्।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजै सम्बन्धी मन्त्रालयमा ज्ञापनपत्र पठाउने बताउनु भयोे । उहाले महिला हिंसा भएमा छिटो भन्दा छिटो कानुनी निकाय सम्म खबर गर्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो । सो अवसरमा महिलाका साथमा विभिन्न संघसस्थामा आवद्ध पुरुष, विद्यार्थी र सर्वसाधारणहरु सहभागि थिए।

अभियानकी संयोजक मिना खरेलले पछिल्लो समयमा यौनजन्य हिंसा बढेकोले सचेतना र दवावका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । त्यसैगरी ¥यालीमा सहभागि महिला तथा विद्यार्थीहरुले पनि पछिल्लो समय बलात्कारका घटना बढेकोले अव सवै क्षेत्रबाट चेतना फैलाउने र दोषीलाई कार्वाही गर्न दवाव दिनुपर्नेमा जोड दिएका थिए ।

Loading...