माइती बचतको साधारणसभा सम्पन्न

चितवन । भरतपुर १२ मा ६ वर्ष देखि संचालित हाम्रो माईती बचत तथा ऋण सहकारी संस्थाले आफनो छैठो बार्षिक साधारण सभा १ लाख ९० हजार बराबरको नाफा सार्वजानिक गर्दैै सम्पन्न गरेको छ ।

आफनो स्पष्ट परिकल्पना, ध्येय , लक्ष्य र उद्धेय सहित अगाडी बढेको संस्थाले आफना सदस्यहरुलाई सवै प्रकारको वित्तिय सुविधा पैदान गर्ने, सदस्यहरुको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुको विकास गर्ने, लक्षित समुदायको आय आर्जन गरि जिवनस्तर उकास्न पहल गर्ने र शिक्षा र सवृद्धि मार्फत सदस्यहरुको आर्थिक र समाजिक विकास गर्ने संस्थाले उद्धेश्य लिएको अध्यक्ष यमनाथ सुवेदीले प्रतिवेदन मार्फत जानकारी दिनु भएको हो ।

५ सय ८२ शेयर सदस्य सहित २ सय ६६ बाल बचत रहेको संस्थाले अधिल्लो आर्थिक वर्षमा जिल्ला बचत तथा ऋण सहकारीको मुल्याङकनमा दोसो स्थान प्राप्त गरेको थियो । साधारण सभामा जिल्ला बचतका अध्यक्ष तेजेन्द्र खड्काले आगामी दिनमा बचत संस्थाहरुले सदस्यहरुलाई एटिएम सहितका सुविधा दिन पछि पर्नू नहुने र साना सना संस्थाहरु मर्ज भएर ठुलो आकारमा कारोबार गर्न सुझाव दिनु भएको थियो ।

सभाका प्रमुख अतिथि जिल्ला सहकारीका अध्यक्ष टिकाराम भटट्राईले सहकारीहरुको सहकार्य बाट जिल्लामा परिर्वतन गर्नको लागि अव एकतावद्ध हुनु पर्नेमा जोड दिनु भएको थियो । हाम्रो माईतीको साधारण सभा संगै तेस्रो अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

Loading...