खोलामा पुल नहुँदा स्थानियलाई सास्ती, वर्षामा छोराछोरी विद्यालय पठाउँदैनन् अभिभावक

- कृष्ण प्रसाद अधिकारी

दैलेख । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने भगवतिमाई गाउँपालीकामा वषौँ देखी पुल नहुदाँ स्थानीयले सास्ती खेप्दैआएका छन् ।


वर्षातको समयमा खोलामा पुल नहुदाँ स्थानीय तथा स्कुले विद्यार्थीलाई समस्या देखीएको छ । भगवतिमाई गाउँपालिकाको वडा न.३ र ४ जोडने खोलामा पुल नहुदाँ स्थानीय बासिन्दासँगै भगवती मा.वि धुम्नेमा अध्यननरत करीब ८० जना विद्यार्थी मर्कामा परेका छन् ।
वडा न.३ का स्थानिय तथा विद्यार्थी काठका मुढा खोलामा हालेर आवत जावत गर्दै आएका छन् । पानी परेको दिन काठका मुढा मा हिड्दा चिप्लने डरले स्कुल सम्म पठाउँदैनन त्यहाँका अभिभावकहरु छोराछोरीलाई । वर्षायाममा वडा न.४ मा कसैको मृत्यु भएमा समेत मलामीहरुले समस्याले पिरोल्दै आएको छ ।

हाल वडा नं ३ र ४ को सामुदायीक वनबाट सालका रुख काटेर स्थानीयले ५ हजारको लगानीमा लाप्को बनाएका छन् । जसले केही दिनको समस्या सामाधान भएको छ । उक्त खोलामा झुलुङ्गे पुल निर्माणको लागी आफुले पहल गरीरहेको भगवतिमाई गाउँपालिका वडा न. ४ का वडा सदस्य गणेश प्रसाद अधिकारीले बताए ।

पुल नहुदाँ बिद्याथी उपस्थीत हुदैनन्। बिद्यार्थी नियमत उपस्थीत नहुदाँ विद्यार्थीको पढाइको गुणस्तर समेत घटेको भगवती मा.बि घुम्नेका शिक्षक शान्ति प्रसाद रेग्मी बताउँछन । यसरी बर्षा बर्ष यसरी बिद्यार्थीले दुःख पाइराखेको भगवति मा.वि घुम्नेका प्रधानध्यापक निम बहादुर खत्रीले बताए ।

Loading...