दुल्लुलाई स्मार्ट सिटी बनाउने गृहकार्य सुरु

- कृष्ण प्रसाद अधिकारी

दैलेख । दुल्लू नगरपालिकामा स्मार्ट सिटी निर्माणबारे परामर्सदाताहरुसंग शुक्रबार दुल्लूमा छलफल भएको छ ।

शहरी बिकास तथा भवन निर्माण विभागको नयाँ शहर आयोजना समन्वय कार्यालयको आर्थिक वर्ष २०७४÷०७५ को कार्यक्रम अनुसार शुक्रबार दुल्लूमा छलफल भएको हो । शुक्रबार भएको दोस्रो चरणको छलफल मा कार्यक्रमको उद्येश्य र लक्षको बारेमा नया शहर आयोजनाका आयोजना निर्देशक पराग कायस्थले प्रकाश पारेका थिए ।

यो भन्दा पहिले निजगड , लुम्बीनी र पालुङटारमा पहिलो चरणको कार्यक्रम सञ्चालन गरेको नया शहर आयोजनाका आयोजना निर्देशक पराग कायस्थले जानकारी दिए । उनका अनुसार सरकारले पूर्वाधार विकासका लागि केही रकम छुट्याएकोले यसै वर्ष देखी स्मार्ट सीटीको काम सुरु हुनेछ । यसको लागि रिपोर्ट तयार गर्नको लागि खटीएको टोलीलाई पूर्ण रुपमा सहयोग गर्न यहाँका जन प्रतिनिधीलाई उनले गाग्रह गरे ।

स्मर्ट सिटी निर्माणको लागि आवश्यक पर्ने मापदण्डमा पहुँच बाटो , खुल्ला क्षेत्रहरु, प्लट सम्बन्धी ब्यवस्था, खुल्ला भाग सम्बन्धी ब्यवस्था, सडक अधिकार क्षेत्र, पार्कीङको ब्यवस्था, बस्तुशिल्पीय नियन्त्रण, विपद जोखीम न्युनीकरण सम्बन्धी व्यवस्था, आवासिय क्षेत्र, संस्थागत क्षेत्र, औधोगीक क्षेत्र, कृषि क्षेत्र, संरक्षण क्षेत्र, विशेश प्रकारका भवन निर्माण, सेवा सुविधाहरु को सुविधा सम्पन्न शहर बनाउन सकिने उल्लेख छ ।

नेपाल सरकारले नेपालका १० वटा शहरहरुलाई स्मार्ट शहर निमार्ण गर्ने प्रवधानअनुरुप दुल्लू नगरपािलका पनि परेकोले आज कार्यक्रमको आयोजना गरी ब्यापकरुपमा छलफल भएको हो ।

नेपाल कमिष्ट पाटी (नेकपा) का केन्द्रीय सदस्य लक्ष्मी प्रसाद पोखरेलले कुनैपनि योजना निर्माण गर्दा डिपीआरको काम गर्नपर्ने भएकोले डिपीआरको काम अवको ६ महिना भित्र सकिने र स्मार्ट सिटीको काम अघी बढ्ने बताए । उनले भने आफुले दुल्लूलाई स्मार्ट सिटी बनाउनको लागि निकै पहल गरेको र तत्कालीन प्रधानमन्त्री केपीओलीले स्मार्ट सिटी बनाउनमा सहयोग गरेकोले स्मार्ट सिटी निमार्ण गर्न सफल भएका हाँै ।

दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लू नगरपालिका ज्वाला सभ्यता को विशेष भुमीका रहेको र हिन्दुहरुको आस्थाको क्षेत्र भएकोले स्मार्ट सिटी संगै धार्मीक शहर को विकास गर्नको लागि सहजकर्ता टोली को भुमीका उल्लेखनिय हुनेमा बिश्वास गरे । नेकपाका नेता थिर बहादुर कार्कीले स्मार्ट सीटी बनाउने हो भने नगरपालिकाले तत्काल नगरमा खनिएका सडकको मापदण्ड निर्धारण गर्नु पर्नेमा जोड दिए । उनले भने नगरपालिकाले शिक्षा , स्वास्थ्य , बसपार्क जस्ता क्षेत्र छुट्याउनु पर्ने बताए । नगरपालिकाले बनाएका योजना र स्मार्ट सिटीले बनाएका योजनमा बाँझीन नहुनेमा उनको जोड छ ।

दुल्लू नगरपालिकाको स्मार्ट सीटीको डिपीआर गर्ने जिम्मा नेपाल डेभ्लपमेन्ट कन्सल्टेन्सीले पाएको छ । यो डिपीआरको काम अबको ६ महिनामा सम्पन्न गरेर रिपोर्ट नेपाल सरकारलाई बुझाउने कन्सल्टेन्सीका प्रमुख कृष्ण प्रसाद तिमेलसेनाले बताए ।

टोलीले शनीबार देखि विभिन्न चरणमा कामहरु सुरु गरेको छ। शनीबार देखी दुल्लू नगरपालिका सबै वडामा गएर त्यहाँका बुद्धीजीवी, जनप्रतिनिधिहरुसँग छलफल गरेको छ।

Loading...