भरतपुर डायलासिस सेवाको एक वर्ष

चितवन । एक वर्षको अवधिमा भरतपुर अस्पतालमा ६ हजार पाँच सय सेसन डायलासिस सेवाप्रदानगरिएको छ । एक वर्षदेखी सुरु गरिएको निशुल्क डायलासिस सेवाबाट हाल६४ जना मृगौला रोगीले नियमित सेवालिदै आएका छन ।

सेवाको सुरुवातसंगै त्यसको प्रभावकारिता बढेको भन्दै केक काटेर स्मरण गरिएको छ । अस्पतालकानिमित्त मेसु डा. रविन खड्का र निवर्तमान मेसु डा. रुद्र प्रसाद मरासिनीले खुसीब्यक्त गरे । आफ्नो पालामा सुरु भएको सेवाबाट विरामीले सहज सुविधा सहित सेवापाएको भन्दै डा. मरासिनीले खुसीब्यक्त गरे ।

गतवर्ष तत्कालिन अस्पताल विकास समितिकाअध्यक्ष राजकुमार राजभण्डारी र प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनिको अथकपहलमा अस्पतालमा डायलासिस सेवा संचालनभएको थियो । तत्कालिन स्वास्थ्यमन्त्रिगगनकुमार थापाले विपन्ननागरिक उपचार कार्यक्रमभरतपुर अस्पतालमा डायलासिस सेवाको ब्यवस्थागरेकाहुन ।

डायलासिस सेवाकालागीराजभण्डारी र डा. मरासिनिनिरन्तर खटिएका थिए । यो संगै स्पाईनलईन्जुरी , मुटु रोग , न्यूरो सर्जरी सेवागरी चार किसिमका रोगलाई विपन्ननागरिक उपचारको कार्यक्रममासुचिकृत गरेको थियो । विपन्ननागरिक उपचार कार्यक्रमअन्र्तगतविपन्ननागरिकले प्राथमिकताका साथ सेवापाएको सम्पर्क ब्यक्तिगोपाल प्रसादपौडेलले बताए ।

डायलासिस वार्ड ईन्चार्ज सुनिताआचार्य ,सुविधायुक्त वार्डमा १० वटा डायलासिस मेसिन द्धारा सेवाप्रदानगरिदै आएको छ । विहान सात बजेदेखी बेलुका सात बजेसम्मदुई सिफ्टमा संचालनमा रहेको छ । तर अस्पतालमाकतिपयविरामी डायलासिस सेवाकालागीपालो पर्खेर बसेका छन । अहिले ४० जनाले भरतपुर अस्पतालमा डायलासिस सेवाकालागीपालो पर्खेका छन । निरन्तर सेवादिएपनिविरामीको चाप बढेको कारण पालो लगाउनु पर्ने बाध्यता रहेको वार्ड ईन्चार्ज नर्सिङ अधिकृत सुनिताआचार्यले बताईन ।

थापासंगको निकट रहेकै कारण तत्कालिनअध्यक्षराजकुमार राजभण्डारीको कार्यकालमाअति विशिष्ट सेवा सुरु भएको थियो । अस्पतालको नयाँभवनसंगै अस्पतालको ब्यवस्थापनकालागीउनले पहल गरेकाथिए ।

Loading...