कंकाली माविले स्वर्ण महोत्सव मनाउँदै

चितवन । खैरहनी नगरपालिका वडा नं. १ मा रहेको कंकाली माध्यमिक विद्यालय स्थापना भएको ५० वर्ष पार गरेको अवसरमा स्वर्ण महोत्सव मनाइरहेको छ । शैक्षिक सत्र २०७५ लाई वर्षभरिनै विभिन्न कार्यक्रमहरु आयोजना गरी स्वर्ण महोत्सव वर्षको रुपमा मनाउन लागेको हो विद्यालयले जनाएको छ । माघ १७ गतेदेखि २५ गते सम्म एक हप्ताको समयअवधिमा भने विशेष हर्ष  ल्लासकासाथ थप कार्यक्रमहरु गर्ने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।


स्वर्ण महोत्सवलाई भव्य र उल्लासमय रुपमा मनाउनका लागि अभिभावकवर्ग, समाजसेवी, बुद्धिजीवि, शिक्षक, पूर्वविद्यार्थी लगायत सम्पूर्ण शिक्षाप्रेमीहरु मूलसमारोह समितिमा रहनेगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शर्मा ढुंगानाको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको छ।

ज्ञान बहादुर विसुरालको संयोजकत्वमा आर्थिक समिति, कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा सल्लाहकार परिषद, जगन्नाथ आचार्यको संयोजकत्वमा स्वर्णस्मारिका प्रकाशन समिति, पूर्वविद्यार्थी अर्जुन लम्सालको संयोजकत्वमा स्वर्णस्तम्भ निर्माण समिति, हरिकृष्ण खनालको संयोजकत्वमा स्वर्णद्वार निर्माण समिति, पूर्णबहादुर डल्लाकोटीको संयोजकत्वमा प्रचारप्रसार समिति, पशुपतिलाल कर्णको संयोजकत्वमा अभिलेख संकलन समिति, गीता आचार्यको संयोजकत्वमा शोभायात्रा समिति, निलकण्ठ ढुंगानाको संयोजकत्वमा अतिथि सत्कार समिति, हिमालय प्रसाद खनालको संयोजकत्वमा अनुगमन तथा मुल्यांकन समिति, अशोक पाठकको संयोजकत्वमा जनसम्पर्क तथा परिचालन समिति लगायत ३२ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ।

मूल समारोहमा विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यपक अन्जना आचार्यले जानकारी दिएका छन् ।

Loading...