एसिया कप छनोट अन्तर्गत नेपालको दोस्रो सित सिंगापुर ४ विकेटले पराजित

काठमाडौं । एसिया कप छनोट अन्तर्गत नेपालले दोस्रो जित हासिल गरेको छ। मलेसियामा भइरहेको एसिया कप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई चार विकेटले पराजित गरेको हो।

युकेएम मैदान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको थियो। नेपालले सिंगापुरलाई १५१ रनमा समेट्ने क्रममा ४२ ओभरमै सबै खेलाडीलाई पेवेलियन फकाईदियो।

सिंगापुरलाई अलआउट गर्न नेपालको लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले समान ३–३ विकेट लिए। ललितले ९ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए।

सिंगापुरका कप्तान चेतन सूर्यवंशीले सर्वा्धिक ६० रन बनाए। चेतनले चौथो विकेटका लागि अनिस परामसँग ८० रनको साझेदारी गरे। अनिसले  ३१ रन बनाए पनि आफ्नो स्कोर कार्ड माथि उचाल्न सकेनन्।

१५२ रनको लक्ष्यसहित व्याटिङमा उत्रिएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ४३ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरिले ३३ रन ज्ञानेन्द्र मल्लले २९ रन जोड। सागर पुन र सुवास खकुरेलले समान १४-१४ रन बनाए। कम्तान पारस खड्काले ११ रन बनाउँदा साआरिफ सेखले ४ रन जोड।

Loading...