चिकित्सकहरु सडकमा, लाइसेन्स फिर्ता गर्ने तयारी

काठमाडौं । नेपाल चिकित्सक संघले मुलुकी अपराध स‌ंहिताको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । 

सरकार चिकित्सकको मागमा सकरात्मक नभएको भन्दै संघले आज सांकेतिक विरोध गरेको हो । माइतीघर मण्डलाबाट शुरु भएको विरोध र्‍याली नयाँ बानेश्वर पुगेर टुंगिएको थियो । त्यस्तै संघले आज नेपाल मेडिकल काउन्सिलमा ५ हजार भन्दा बढी लाइसेन्स बुझाउने कार्यक्रमसमेत रहेको छ ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु विरोधमा उत्रेका हुन् ।

Loading...