२०० वर्ष पुरानो संग्रहालयमा अागलागी

काठमाडौं । ब्राजिलको २ सय वर्ष पुरानो राष्ट्रिय संग्रहालयमा भीषण आगलागी भएको छ । रियो दी जनरियोमा रहेको देशको पुरानो वैज्ञानिक संस्थामा आइतबार आगलागी भएको हो ।

२० लाखभन्दा बढी पुरातात्विक महत्त्वका वस्तुहरु संग्रहित सिंगो भवन भरी नै आगो फैलिएको छ । आगो संग्रहालयको सेवा बन्द गरेपछि शुरु भएको अनुमान गरिए पनि त्यसको कारण खुलेको छैन ।

यो वर्ष मात्रै २०० औं वर्षगाँठ मनाएको संग्रहालयमा कुनै बेला पोर्चुगिज राजपरिवार बसेका थिए । ब्राजिलका राष्ट्रपति मिचेल टेमरले एक ट्वीट गर्दै संग्रहालयमा आगलागी भएको दिन सिंगो ब्राजिलियनका लागि दुःखको दिन भएको बताएका छन् ।

संग्रहालयको वेबसाइटमा उल्लेख भएअनुसार संग्रहालयमा संग्रहित लाखौं वस्तुहरुमा ब्राजिलको इतिहाससँग सम्बन्धितसँगै मिश्रका कलाकृतिहरु समेत थिए ।

Loading...