मदिरा तथा प्रोभिजनल संघको अध्यक्षमा पाण्डे

चितवन । चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघको प्रथम अधिवेशन गोविन्द पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै आज (सोमबार) सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा निरेशकुमार सिंह, महासचिवमा राम बस्नेत, सचिवमा निर्मल शर्मा, कोषाध्यक्षमा लेखनाथ पौडेल निर्विरोध निर्वाचित हुनु भएको छ ।

समितिको सदस्यहरुमा यमबहादुर गुरुङ, नमराज रेग्मी, तुलनारायण श्रेष्ठ, युवराज क्षेत्री, रामबाबु रेग्मी, सुरज हमाल, टेकनारायण शर्मा र उमिता भट्टराई रहनु भएको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्रचण्डलाल प्रधान, तृतीय उपाध्यक्ष भोजरज कौडाल, होटल व्यवसायी संघका अध्यक्ष कमल शर्मा गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघ अन्तर्गत १६० वटा मदिराजन्य पसलहरु रहेका छन् ।

Loading...