अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीलाई एप्लिकेशन मन्थ

चितवन । वैदेशिक अध्ययनको लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया पढ्न पठाउने अस स्टडिजले आगमी नोभेम्बर इनटेकलाई लक्षित गर्दै एप्लिकेसन मन्थ अर्थात निवेदन दिने महिना कार्यक्रम ल्याएको छ ।

चितवनको भरतपुरमा शाखा कार्यालय रहेको अस स्टडिजले सेप्टेम्बर महिनाभरी भर्ना हुने विद्यार्थीका लागि वैदेशिक अध्ययनका विषयमा निशुल्क परामर्श, आईएलटीएस अध्ययनमा ५० प्रतिशत छुट, निशुल्क भिषा प्रोसेसिङ, निशुल्क मोक टेस्ट, छात्रवृत्ति सेमिनारलगायतका सुविधा दिने भएको छ ।

त्यस्तै उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई यस महिनाभरी अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका व्यक्तिसँग प्रत्यक्ष रुपमा परामर्श लिने व्यवस्था मिलाइएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । अस स्टडिजका प्रबन्ध निर्देशक बुद्धकुमार शाक्यका अनुसार वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा जान चाहने विद्यार्थीहरुले यस महिनामा विशेष फाइदा लिन सक्ने बताएका छन् ।

काठमाडौँमा मुख्य कार्यालय रहेको अस स्टडिजको बुटवल, पोखरा, चितवन तथा केही महिना अगाडि अष्ट्रेलियाको ब्रिस बेनमा समेत शाखा कार्यालय खुलेको शाक्यले बताए । अस स्टडिजले अष्ट्रेलियाका विभिन्न १६ वटा विश्वविद्यालय तथा १० वटा कलेजहरुसँग सहकार्य गर्दै वैदेशिक अध्ययनका लागि विद्यार्थीहरु पठाउने गरेको शाखा प्रबन्धक अनन्तराज अधिकारीले जानकारी दिए ।

हालसम्म संस्थाले तीन हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया पठाइसेको छ ।

Loading...