साफ च्याम्पियनसिपमा नेपालको खराब सुरूवात, पहिलो खेलमा पाकिस्तानसँग पराजित

काठमाडौँ । बंगलादेशमा आजबाट सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ।

ढाकास्थित बंथबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको हो ।

मोहम्मद अलीले इन्जुरी टाइममा गोल गरेपछि पाकिस्तानले नेपाललाई २-१ ले पराजित गरेको हो। पाकिस्तानका लागि इन्जुरी टाइमको पाँचौ मिनेटमा अलीले निर्णायक गोल गरे।

को ३६औँ मिनेटमा हसन बसिरले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि ८२औँ मिनेटमा विमल घर्ती मगरले बराबरी गोल फर्काए। तर अन्तिम समयमा सम्हालिन नसक्दा पाकिस्तानले काउन्टरमा गोल गर्दै ३ अंक जोड्यो।

नेपालले अब समूहको दोस्रो खेल भुटानसँग खेल्नेछ।

Loading...