मिस्टर एण्ड मिस थारुको अडिसनः चितवनबाट ७ जना छनौट

चितवन । पहिलो सिजनको सफलता पश्चात ‘मिस्टर एण्ड मिस थारु २०१८’ सिजन २ को आज (सोमबार) चितवनमा अडिसन भएको छ ।

नारायणगढमा भएको अडिसनमा सहभागि २५ जना मध्ये ७ जना छनौट भएका छन् । मिस्टर थारुका लागि हरिशंकर चौधरी, अविशेक महतो, मनिष महतो, दीपकमणी महतो, संजीव चौधरी र मिस थारु २०१८ का लागि सृष्टि चौधरी, सुजता महतो छनौट भएको अडिसनका निर्णायक तथा आयोजक संस्थाका सिईओ सुरेशकुमार चौधरीले जानकारी दिए ।

अडिसनबाट छनौट भएकाहरुलाई असोजको दोस्रो साताबाट काठमाडौंमा प्रशिक्षण गराईने निर्णायक तथा प्रशिक्षक निश्मा चौधरीले जानकारी दिईन् । आज भएको अडिसनको निर्णायकहरुमा आयोजक संस्थाका सिईओ सुरेशकुमार चौधरी, मिस नेपाल २०१५ की टप ५ एवंम् कोरियोग्राफर निश्मा चौधरी, मिस थारु २०१७ जेनिशा चौधरी, थाकस युवा सभाका महासचिव चंचल चौधरी, सुजन परियार र जयश चौधरी रहेका थिए ।

अडिसनमा थारु पत्रकार संघका केन्द्रीय सदस्य राजु चौधरी, थारु पत्रकार संघ चितवनकी उपाध्यक्ष सुमित्रा महतो, आशिष राई, निरज महतोलगायतको उपस्थिति रहेको थियो ।

जह इन्टरटेनमेण्टको आयोजनामा हुन लागेको मिस्टर एण्ड मिस्टर थारुको अब भदौ २७ मा लहान र २८ मा इटहरी र ३० गते काठमाडौंमा अन्तिम अडिसन हुनेछ । प्रतियोगिताको फाईनल कात्तिकमा गरिने आयोजकले जनाएको छ । गतवर्ष भएको पहिलो संस्करणमा चितवनकी जेनिशा चौधरी मिस थारुको उपाधि जितेकी थिईन भने मिस्टर थारुको उपाधि चंदन चौधरीले जितेका थिए ।

Loading...