फलफुल तथा तरकारी थोक बजार असोज १ गतेदेखी सञ्चालनमा आउने

चितवन । भरतपुर २ क्षेत्रपुरमा निर्माणाधिन फलफुल तथा तरकारी थोक बजार असोज १ गतेदेखी सञ्चालनमा आउने भएको छ । निर्माण कार्य सकिएसँगै थोक बजार सञ्चालनमा ल्याउन लागिएको सञ्चालक कृर्षी प्रर्वद्धन बजार विकास प्रालिका अध्यक्ष शालिकराम घिमिरेले जानकारी दिनुभयो ।

हाल नारायणगढ लायन्सचोकबाट विक्रि वितरण हुदैं आएको फलफुल तथा तरकारी बजारलाई अझै व्यवस्थित गर्दै भरतपुर २ क्षेत्रपुरबाट शुरु गर्न लागिएको उहाँले बताउनुभयो । थोक बजारको उद्घाटन भने असोज ७ गते पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको घिमिरेले जानकारी दिनुभयो ।

करिब १६ करोडको लागतमा फलफुल तथा तरकारी थोक बजार स्थापना गरिएको हो । अहिलेसम्म करिब १४ करोड बराबरको काम भईसकेको र अझै २ करोड बराबरको केही काम बाँकी रहेको कृर्षी प्रर्वद्धन बजार विकास प्रालिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाँले रंगरोगन र पिच गर्न बाँकी रहेको बताउनुभयो । फलफुल तथा तरकारी थोक बजारमा साना ठुला गरि करिब २ सय २५ वटा सटर रहेको बताउनुभयो । साथै उहाँले सवै सटर बुकीङ भईसकेको पनि बताउनुभयो ।

Loading...