बलिउड अभिनेता शत्रुघन सिन्हा पुगे नवलपुरो शास्वतधाम

नवलपुर । भारतीय चर्चित अभिनेता शत्रुघन सिन्हाले दुम्कौलीमा रहेको शास्वतधाममा बुधवार पूजाआजाका गरेका छन ।

तिन दिन अघि काठमाडौंमा रहेका सिन्हा बुधवार विहान ११ बजे हेलिकप्टरबाट शास्वतधाम मन्दिरमा पुजापाठ गर्न आएका चौधरी उद्योगका महाप्रबन्धक मधु पौडेलले जानकारी दिए । सिन्हाले शास्वतधाम मन्दिरमा एक घण्टा विशेष गरेका थिए । उद्योगपति विनोद चौधरीको उद्योग रहेको एकाम्बरेश्वर महादेव मन्दिर शाश्वतधामका नामले परिचित रहेको छ ।

हिन्दु धर्म अन्तरगतका सबै देवीदेवताको एउटै मन्दिरमा पूजा गर्न सकिने शाश्वतधाममा आएका भारतीय चर्चित अभिनेता सिन्हाले पत्रकार संग कुरा गर्दे नेपालमा शान्ति र आनन्दको आभाष भएको बताए ।

नेपालमा पशुपतिनाथ, शान्तीका अग्रदुत भगवान गौतम बुद्ध रहेको हुदा पनि नेपाल अरु राष्ट्रको तुलनामा भिन्न रहेको बताए । बुधवार नै पूजा सकेर उनी चितवनको मेघौलीमा रहेको होटल मेघौली सेराइमा रहने कार्यक्रम छ ।

सिन्हा सत्तारुढ भारतीय जनता पार्टीका नेता समेत रहेका छन । सिन्हालाई हेर्न आउनेको ठुलो भिड लागेको थियो । भिडलाई समाल्न यहाका सुरक्षा कर्मिलाई समेत हम्यहम्य परेको देखिएको थियो ।

Loading...