साफमा फाइनल पुग्ने नेपालको लक्ष्यमा माल्दिभ्स बाधक, नेपाल ३-० ले पराजित

काठमाडौँ । साफ च्याम्पियन्समा नेपाल सेमिफाइनलमा पराजित भएको छ। पाँचौँ पटक सेमिफाइन खेलेको नेपालको फाइन यात्रामा माल्दिभ्स बाधक बन्यो।

अाज ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित भयो।

खेलको नवौँ मिनेटमै कप्तान अक्राम घानीले फ्रिकिकमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। वर्षा र हावा हुरी र चट्याङ पर्न थालेपछि २७औँ मिनेट चलिरहँदा खेल करिब २० मिनेटका लागि रोकिएको थियो।

त्यसपछि सुरू भएको पहिलो हापमा नेपाल १-० ले पछाडि थियो। दोस्रो हापमा माल्दिभ्सले थप दुर्इ गोल थप्यो। माल्दिभ्सका लागि इब्राहिम हसिद अहेमदले ८४औँ र ८६औँ मिनेटमा गोल गरे।

माल्दिभ्सले अब फाइनलमा आजै हुने भारत र पाकिस्तानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

Loading...