लम्विदै नेकपाको एकीकरण, सचिवालयले मापदण्ड टुंग्याउन सकेन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रिया अझै लम्बिने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बुधबार र बिहीवार दुई दिनसम्म बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसके पछि त्यसको जिम्मा दुई अध्यक्षलाई दिए संगै पार्टीको तल्लो तहको एकिकरण प्रक्रिया लम्बिएको हो । नेकपाको तल्लो तहको एकीकरण प्रक्रिया नेतृत्व बाँडफाँडको मुद्दामा अल्झिएको बुझिएको छ ।

बुधबार र बिहीबार प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको बैठकले एकिकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेस गर्ने गरि दुई अध्यक्षलाई जिम्मा दिइएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिनु भयो ।

बिहिबार अपरान्ह सम्म ६ वटा प्रदेशले आआफ्नो प्रतिवेदन सचिवालयलाई बुझाइ सकेको छ । प्रदेश २ ले भने प्रतिवेदन बुझाएको छैन । नेतृत्व कसले लिने भन्ने विवाद बढे पछि विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन सकेका छैनन् । दुई अध्यक्षको बैठक शुक्रबार बिहान बालुवाटारमा बस्ने बुझिएको छ ।

Loading...