फलफुल तथा तरकारी थोक बजार असोज १ गतेदेखी सञ्चालनमा आउने

बजारको विधिबध उद्घाटन असोज ७ गते नेकपाका अध्यक्ष प्रचण्ड गर्ने

चितवन । भरतपुर २ क्षेत्रपुरमा निर्माणाधिन फलफुल तथा तरकारी थोक बजार असोज १ गतेदेखी सञ्चालनमा आउने भएको छ । निर्माण कार्य सकिएसँगै थोक बजार सञ्चालनमा ल्याउन लागिएको सञ्चालक कृर्षी प्रर्वद्धन बजार विकास प्रालिका अध्यक्ष शालिकराम घिमिरेले जानकारी दिनुभयो।

हाल नारायणगढ लायन्सचोकबाट विक्रि वितरण हुदैं आएको फलफुल तथा तरकारी बजारलाई अझै व्यवस्थित गर्दै भरतपुर २ क्षेत्रपुरबाट शुरु गर्न लागिएको उहँले बताउनुभयो । थोक बजारको उद्घाटन भने असोज ७ गते पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको घिमिरेले जानकारी दिनुभयो।

करिब १६ करोडको लागतमा फलफुल तथा तरकारी थोक बजार स्थापना गरिएको हो । अहिलेसम्म करिब १४ करोड बराबरको काम भईसकेको र अझै २ करोड बराबरको केही काम बाकी रहेको कृर्षी प्रर्वद्धन बजार विकास प्रालिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाले रंगरोगन र पिच गर्न बाँकी रहेको बताउनुभयो।

फलफुल तथा तरकारी थोक बजारमा साना ठुला गरि करिब २ सय २५ वटा सटर रहेको बताउनुभयो । साथै उहाले सवै सटर बुकीङ भईसकेको पनि बताउनुभएको छ ।

Loading...