जुटपानी गरिवी निवारण सहकारीको अध्यक्षमा सुदर्शन अधिकारी निर्वाचित

खोलेसिमल, चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको जुटपानी गरिवी निवारण साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुदर्शन अधिकारी निर्वाचित भएका छन् । संस्थाको ११औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशनबाट अधिकारी सर्वसम्मत रुपमा चयन भएका हुन्।

गत भाद्र १६ गते भएको संस्थाको अधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई आज एक कार्यक्रमका बिच पद हस्तान्तरण समेत गरिएको थियो । सो सहकारी संस्थाको उपाध्यक्षमा हरि कुमार गुरुङ्ग, सचिव आशा कुमारी वाइबा, कोषाध्यक्ष गीता पण्डित (रेग्मी) चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा चेत बहादुर थापा, रुद्र पाण्डे, कृष्णलिला श्रेष्ठ, लक्ष्मी नेपाल, कल्पना ढकाल, सिता आचार्य र लाल बहादुर खिउल चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा हरि प्रसाद भण्डारी तथा सदस्यमा रामकृष्ण दुलाल र होमनाथ उपाध्याय चयन भएका छन्।

नव निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ र निर्वाचन समितिका संयोजक केशव लामाले टिका तथा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, वडा नं. ७ का वडा अध्यक्ष डिल्लीराम दवाडी, संस्थाका निवर्तमान अध्यक्ष दिपक लामिछाने, नव निर्वाचित अध्यक्ष सुदर्शन अधिकारी, संस्थाका व्यवस्थापक नारायण प्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । निर्वाचन समितिका सदस्य टिकाराम रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम निर्वाचन समितिका संयोजक केशव लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Loading...