कुचिकारको न्युन तलवले सरकारी कार्यलयको शौचालय सरसफाई नै रोकियो ?

- बिबेक भण्डारी

नवलपुर । जिल्लामा रहेका अधिकाशं सरकारी कार्यलयका शौचालय सफाइमा ध्यान दिन नसक्दा सेवा गा्राहिलाई समस्या परेको देखिएको छ । वर्दघाट सुस्ता पुर्व नवलपुरको कावासातीमा रहको मालपोत कार्यलयमा यस्तै हालत छ।

मालपोत कार्यलयमा शौचालय त छ तर शौचालयमा जान सक्ने अवस्था भने छैन । सरकारी कार्यलय त्यहि माथि मालपोत कार्यलय जहा दैनिक हजारौँ ५ सय देखि ७ सय सेवा ग्राहिहरु सेवा लिन जाने गर्दछन।

तर मालपोत कार्यलयमा भने शौचालय सरसफाईमा भने ध्यान जान नसकेको देखिएको । मालपोत कार्यलय कावासोतीका प्रमुख अशोक भट्राइका अनुसार शौचालय सरसफाई गर्ने कुचिकार राखिएको भए पनि न्युन पारिश्रमीकका कारण दैनिक सरसफाईमा त्यति ध्यान नदिएको बताए । उनका अनुसार सो कुचिकारलाई मासिक आठ हजारको दरले तलब बापत दिने खर्च न्युन भएको कारणले शौचालय सरसफाई नभएको आफै स्विकार गरे।

प्रमुख भट्राइले अब आफुहरुले कार्यलयमा व्यवस्थापन गरि शौचालय सफाईमा ध्यान दिने बताए । उनले महिलाहरुले प्रयोग गर्ने सेनेट्यारी प्याड अव्यवस्थीत रुपमा शौचालयमा फाल्दा बढि फोहोर हुने गरेको बताए । मालपोत प्रमुख भट्राईले सरसफाईमा सरकारले बार्षिक ६ जार मात्र रकम छुट्याउने हुदा यतिले मात्र सरसफाईका लागि पर्याप्त नभएको बताए।

शनिवार मात्र विश्व सरसफाई दिवसका अवसरमा कावासोतीमा नगरपालिकाले व्यापक सरसफाई गरेको भए पनि यहाका सरकारी कार्यलयको भौतिक सरसफाईमा कुनै ध्यान जान नसकेको देखिएको छ ।

Loading...