चितवनमा भोलि ‘कोलगेट इमेज लोक कलाकार’को अडिसन, तयारी पुरा

चितवन । ‘कोलगेट इमेज लोक कलाकार सिजन–२’ को अडिसन भोलि (बुधबार) चितवनमा हुँदैछ । जिल्लाको पर्यटकीय नगरी सौराहास्थित जंगल सफारी लजमा विहान १० बजेदेखि अडिसन सुरु हुने इमेज च्यानलकी उपकार्यकारी निर्माता अनुषा पौडेलले जानकारी दिईन्।

अडिसनको सम्पूर्णको तयार पुरा भईसकेको छ । अडिसनमा लोक दोहोरी गीत प्रतिस्ष्ठानका संस्थापक अध्यक्ष अम्मर विरही गुरुङ, विजय गुरुङ र शिवराज पौडेल निर्णायकको भुमिकामा रहनु हुने अर्की उपकार्यकारी निर्माता सैलेजा सिंहले जानकारी दिइन्।

  लोकसंगीतको प्रवर्धन र लोकगायन प्रतिभाको खोजी अभियानअन्तर्गत् इमेज च्यानलले गत वर्षबाट यो शृंखला सुरु गरेको हो । ‘लोकसंगीतको महासंग्राम’ नारा दिएको प्रतियोगिताको अडिसनहरुमध्ये यसअघि शनिबार पोखरामा भएको थियो ।

प्रतियोगिताको अर्को अडिसन असोज ६ गते बुटबलमा हुँदैछ । धरान र काठमाडौंमा दोस्रो चरणमा अडिसन गरिने जनाइएको छ ।
प्रतियोगितामा उत्कृष्टलाई विभिन्न आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

Loading...