वन र वन्यजन्तुको सम्बन्धी विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान

नवलपुर । वन र वन्यजन्तुको सम्बन्ध के हो भन्ने विषयमा जानकारी गराउने उद्देश्यले नवलपुरको देवचुलि १७ प्रिपहर होमस्टेमा वातावरण विज्ञान पढिरहेका विद्यार्थीहरु लाई मंगलवार प्रशिक्षण प्रदान गरिएको छ।

चितवनसहित नवलपरासी, मकवानपुर, बारा र पर्साका संरक्षणमा चासो राख्ने युवायुवतिहरुको उल्लेखनीय सहभागिता रहेको थियो  । विश्व संरक्षण कोषले संरक्षणबारे प्रदान गरेको प्रशिक्षण कार्यक्रममा जंगलि जनावर संगै मानव जिवनमा आइ पर्ने व्यवहारिक विषयमा जानकारी गराएका थिए।

होमस्टेको सास्कृतिक भवनमा भएको सो प्रशिक्षण कार्यक्रममा बर्दियाका बाघ संरक्षणमा लागेका भदै थारु, सरक्षंणकर्मि चन्दा थारु, सारस बचाउ अभियान्ता अर्जुन कुर्मी , सामुदायिक प्राकृति चिकित्सालयका डा विनोद पौडेल लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बन र बन्यजन्तु संरक्षणमा चासो दिए देशको अर्थिक विकास हुने कुरामा समेत जोड दिएका थिए ।

Loading...