गायक राजु लामाको स्वरमा ‘सरसर…’ वोलको गीत सार्वजनिक भिडियो लिंक

काठमाडौं– एस आर एस ईन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर…..’ वोलको लोक तथा पप गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय तथा मंगोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरकाको सुमधुर स्वर रहेको छ । जसमा गीतकार डीपी खनालको शब्द रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ।

सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङद्वारा रेकर्डिङ ‘सरसर…..’ वोलको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।गीतको म्युजिक भिडियोतर्फ पत्रकार तथा निर्देशक शुब्रतराज आचार्याको निर्देशन रहेको छ, भने जय शर्माको सहनिर्देशन रहेको छ 

जसमा एलिश राई, गम्भिर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ । सुरेन्द्र वस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादान रहेको छ ।

Loading...