मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो, १२ जनाको उपचार हुँदै

काठमाडौं । मलेसियामा विषक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ। जसमध्ये ६ जना नेपाली रहेका छन्। मलेसिया स्थित नेपाली दुतावासका अनुसार म‌ंगलवार विहानसम्म मृत्यु हुने नेपालीको संख्या ६ पुगेको हो।

यी हुन् मृतक नेपाली
रुपन्देही साविकको मसिना गाविस वडा नं. ६ का रामकुमार यादव,
धादिङ जिल्ला साविकको बसेरी–३ का मिमबहादुर घले,
डडेलधुरा साविक अमरगढीका विशाल बुढाथोकी,
सुनसरी जिल्लाको साविकको पश्चिमकुसाहा वडा नं. ९ का सञ्जय उराव
साविकको सिद्धिथुम्का वडा नं. ९ इलामका बलबहादुर कुलुङ
ठेगाना पहिचान हुन नसकेका आइतसिंह गोले

त्यस्तै विषाक्त रक्सीको सेवनबाट १६ जना नेपाली बिरामी परेका छन्। जसमध्ये १२ जना अस्पतालमा उपचार गराइरहेका छन्। भने चार जना उपचारपछि डिस्चार्ज भएका छन्।

अस्पतालमा उपचाररत नेपाली

जितबहादुर माझी, रानीचुरी–५, सिन्धुली
राधेश्याम बैठा रघुनाथपुर–६ बारा
रामचन्द्र लोध फरेना–७, रुपन्देही
लोकबहादुर बराम च्यांगली–२ गोरखा
रिखामान स्याङतान, ढुंग्रेखोला–८ सर्लाही
सरु मगर (ठेगाना नखुलेको)
दुर्गासिंह राना देउराली–८, नवलपरासी
सुकुवल घिसिङ (ठेगाना नखुलेको)
राजेश कुमार (ठेगाना नखुलेको)
विमल कार्की (ठेगाना नखुलेको)
सेतवीर तुम्वाम्पो चौकामागु–६ पाँचथर
जम्बिरलाल झाँगड बावियाबिर्ता–३ मोरङ

उपचारपछि डिस्चार्ज भएका नेपाली

लुंगनाथ मगर, सिद्धकाली–४, संखुवासभा
प्रविन थारु, मैनापोखर–३ बर्दिया
दुर्गाबहादुर राई, महेन्द्रनगर–६ सुनसरी
भागीमान डाँगी, रांसी–४ रोल्पा

यो पनि: 

मलेसियाको अस्पतालमा श्रीमानको शव कुर्दै विछिप्त नेपाली चेली, विषाक्त रक्सीले १९ विदेशी कामदारको मृत्यु, कति छन् नेपाली?

Loading...