चिया चौतारोमा बसेर अर्कालाई गाली गर्ने दिन गएः मन्त्री अधिकारी

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले चिया चौतारोमा बसेर अर्कालाई गाली गर्ने दिन गएको बताएका छन् । छैठौं लाखे नाच प्रतियोगिताको बुधवार नारायणगढ उद्घाटन गर्दै मन्त्री अधिकारीले देशका लागि मेहनत र सृजना गर्ने समय आएकोले निरासा र नकरात्मक कुराहरुको पछाडी नलाग्न आग्रह गर्नुभयो।

राजनैतिक गफगाफमा धेरै समय वितायौें भने,अवसहकार्य गरेर परिश्रम गर्ने दिन आएको मन्त्री अधिकारीले बताउनुभयो । उहाले सबैको सहयोगबाट मात्रै देशको विकास सम्भव भएको बताउनुभयो । देशमा पछिल्लो समय कतिपय विषयमा निरासा पैदा भएको भन्दै मन्त्री अधिकारले केही संक्रमण र कानुन कार्यान्वयनका तहमा रहेकाले विस्तारै समस्या हल हुदै जाने दाबी गर्नुभयो । नेपाली समाज संधै अभाव र गरिबीको पिडामा नरहने र अब विकास र संमृद्धीको युग शुरु भएको उनले बताउनुभयो।

संविधानले सबैको अधिकार सुनिश्चितता गरिसकेको र देश संघिय संरचनामा गइसकेको अबस्थामा आपसी तिक्तता त्याग्नुपर्ने मन्त्री अधिकारीको भनाई छ । देशमा राजनैतिक र आर्थिक विकासका लागि बनाउन सरकार बलियो बनेको उहाले दाबी गर्नुभयो । कसैलाई पेल्न सरकार बलियो बनेको होइन, देश निर्माणमा सरकारसंगै प्रतिपक्ष दलहरु पनि उत्तिकै जिम्मेवार बन्न आबश्यक रहेको अधिकारीले बताउनुभयो । सरकारमा रहदा लोभ लालचको मानसिकता त्यागेर काम गर्नुपर्ने उहाले बताउनुभयो।

मन्त्री अधिकारीले संकृतीमा नेपाल धनी भएको भन्दै संस्कृतिको माध्यमबाट नागरिकको खुसी खोजीने बताउनुभयो । आवाज…उहाले भौतिक पूर्वाधारबाट मात्र आउने संमृद्धीले मान्छे खुसी हुन नसक्ने भन्दै कला र संस्कृति मार्फत नेपालीलाई खुसी बनाउने अभियान सरकारले संचालन गर्ने जानकारी दिनुभयो ।

Loading...