बलात्कार तथा हत्या हिंसाको विषयमा बालिकाहरुलाई सचेत गराउन २३ जिल्लाका बालिकाहरुको सम्मेलन हुने

नवलपुर । बढ्दो बलात्कार तथा हत्या हिंसाको विषयमा बालिकाहरुलाई सचेत गराउन जिल्लाको नवलपुरमा २३ जिल्लाका वालिकाहरुको सम्मेलन हुने भएको छ।

जागृति बाल तथा युवा सरोकार नेपाल नवलपरासी, गल्र्स किक र बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको संजोजनमा यहि असोज ५ र ६ गते बालिकाहरु देवचुली नगरपालिकामा उक्त सम्मेलन हुन लागेको विहिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

सक्षम बालिका, समृद्ध नेपाल मुल नाराका साथ बालिका माथि हुने हिंसा, दुव्र्यवहार र बाल विवाह अन्त्य गर्ने अभियानका लागि संम्मेलनको आयोजना गरिएको जनाईएको छ । गण्डकी र ५ नम्बर प्रदेशका २३ जिल्लाका वालिकाहरु सहभागि हुने सम्मेलनबाट आएको निचोड र सुझावको प्रतिवेदन असोज १४ गते दोस्रो वालिका सम्मेलन २०१८ मा प्रस्तुत गरिने योजना रहेको आयोजकले जनाएको छ।

दुई दिन सम्म चल्ने सम्मेलनमा स्थानीय जनप्रतिनीधी र सामाजिक कार्यकर्तासंग बाल विवाह एवं बालिका हिंसा विरुद्ध सवाल, पहल, उनीहरुले भोगेका समस्या र सवालहरुको बीचमा छलफल संगै सम्मेलन घोषणा पत्र तयार गरिने छ । त्यस्तै बालिका संरक्षणको लागि प्रतिवद्धतामा हस्ताक्षर, बालअधिकार सम्बन्धि स्टलहरु, अन्तपुस्ता संवाद कार्यक्रम, डकुमेन्ट्री प्रदर्शन, बाल विवाह एवं हिंसा विरुद्ध प्रतिबद्धता गर्ने कार्यक्रम रहेको छ।

सन २०१६ देखि २०३० सम्मका लक्ष्य तय गरेको दिगो विकासको कार्य सुचीमा बाल हिंसा, बालविवाह, कलिलो उमेरमा हुने विवाह र जबरजस्ती हुने विवाहको अन्त्य गर्ने लक्ष्यलाई पुरा गर्ने सम्मेलनको अपेक्षा रहेको छ ।

Loading...