गायक राम चन्द्र काफ्लेको बिल्कुलै फरक गीत ‘बिदेशीय’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । बिगत लामो समय देखि संगीत छेत्रमा आवद्द, सफल तथा निकै लोकप्रिय गायक राम चन्द्र काफ्लेको बिल्कुलै फरक नयाँ गीत ‘बिदेशीय’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतलाई गायक रामचन्द्र काफ्लेले आफनै अफिसियल युत्युब च्यानलबाट सार्वजनिक गरेका छन् । एउटा समाज र परिवारमा घटेको कथा र ब्यथालाइ एउटा कलात्मक रुपले आफ्नो सुभचिन्तक अनि सम्पूर्ण संगीत प्रेम देखि लिएर सम्पूर्ण समाजलाई प्रस्तुत गरि भिडियो सार्वजनिक गरिको छ।

सार्वजनिक गीतमा एउटा गरिबी मानबिय वास्तविक जीवनलाइ चित्रण गरिएको छ । जहाँ पैसा कमाउन हिडेको श्रीमानलाइ छलेर ,उसको दुख र मेहनत अनि बिस्वाशलाइ तोडेर आफु खुसि हुने र आफ्नो रमाउने ,प्राय घटीरहने सामाजिक र पारिवारिक घटनालाइ भीडीयोमा देखाईएको छ।

गीतमा रामचन्द्र काफ्ले एकल आवाज सुन्न सकिन्छ भने शब्द दिनेश सुबेदी रहेको छ र यहि शब्दलाइ संगीत र एरेन्ज भने बाबुल गिरिले भरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई चर्चित गायक तथा म्युजिक भिडियो निर्देशक गायक साशन कंडेलले निकै कलात्मक तरिकाले निर्देशन गरेका छन । गीतको भिडियोमा सम्पदा बानिया र विजय बराल मुख्य भूमिका रहेको छ भने गीतको भिडियोलाई अर्जुन तिवारी अनि उहाको टिमले छायांकन गरेको छ । भने सम्पादन निशान घिमिरेको रहेको छ ।

Loading...