जनताले तिर्न नसक्ने गरि कर लगाइएको छैन: अर्थमन्त्री खतिवडा

- बिबेक भण्डारी

नवलपुर । अर्थमन्त्री डा युवराज खतिवडालले जनताले तिर्न नसक्ने गरि कर नलागाईएको बताएका छन । कर जनतालाई बोझिलो भएको आवाज चल्दै गर्दा अर्थमन्त्री खतिवडाले करको विषयमा चलाइएको अनावस्यक हल्लाले करदातालाई भ्रममा पारेको बताए।

आइतवार नवलपुरको कावासोतीमा करदाता सेवा कार्यलयको उद्घाट गर्दे मन्त्री खतिवडाले सात सय त्रिपन्न स्थानियतहमा कुनै एक तहले अंजानमा कुनै कर लगाइ हालौँ भन्दा त्यहि करको कारणले सरकारले कर मात्र असुल गर्ने र दोहोरो तेहरो कर लगाउने भो भन्ने भ्रम रहेको बताए।

उनले अहिले पनि कर प्रणालीमा केहि दुविधा रहेको बताउदै करमा देखिएका दुविधाहरु क्रमश हल हुदै गएको बताए । मन्त्री खतिवडाले व्यवशायिहरु संग आफु छलफलमा रहेर करमा देखिएका दुविधाहरुलाई मिलाउने प्रयास गर्ने बताए । उनले दोहोरो कर नउठाई क्षेत्राधिकार भन्दा बाहिर गएर कर असुल नगर्न स्थानिय तहलाई आग्रह समेत गरे।

सरकारले संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको हुदा सोहि अनुसार कर असुल गर्न स्थानिय तहलाई आग्रह गरे । यस्तै प्रतिनिधि सासंद तिलक महतले गण्डकी प्रदेश अन्र्तरगत नवलपुर जिल्लाले सबै भन्दा बढि २० अर्व कर संकलन गर्ने जिल्ला रहेको हुदा बढि कर संकल गर्ने जिल्लालाई सोहि अनुसारको विकासको व्यवस्था मिलाउन आग्रह गरे ।

Loading...