देवघाट क्षेत्र बिकास समितिका:अध्यक्ष टंकनाथ पौडेलको बिदाई

 

चितवन । देवघाट क्षेत्र बिकास समितिका कर्मचारीहरुले अध्यक्ष टंकनाथ पौडेललाई बिदाई गरेका छन् । आफ्नो दुई वर्ष कार्यकाल पुरा गर्नु भएका पौडेललाई समितिको कार्यकक्षमानै बिदाई गरेका हुन।

बिदाई समारोहमा वोल्ने अधिकांश कर्मचारीहरु तथा सहभागिहरुले राजनिति भन्दा माथि उठेर काम गर्ने व्याक्तित्व रहेको भन्दै प्रशंसा गरेका थिए । राजनितिबाट माथि उठेर काम गर्ने ईच्छाशक्ति भए जस्तो सुकै काम पनि गर्न सकिने उनिहरुको भनाई थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले आफ्नो एक्कल प्रयासले मात्रै नभई समग्र समुहको प्रयासले आँफुले काम गर्न सकेको बताउनु भयो । केन्द्रिय गठन आदेशबाट गठित बिकास समिति बिघठन गरिए पछि समस्या देखिएको भए पनि अब सरकारले देवघाट क्षेत्र बिकास समितिलाई बिकास कोषको रुपमा राख्ने तयारी गरेको उहाँले सो अबसरमा जानकारी दिनु भयो।

उहाँले आफ्नो कार्यकालमा बिद्युतिय शबदाहगृहको ठेक्का भई सकोको, त्रिकोणात्मक पुलको डीजाईनको काम भई सकेको, मौलाकालिका वेणीसंगम धार्मिक पर्यटकीय पदमार्ग निर्माणकालागि प्रक्रिया अघि वढेको, बाँदर नियन्त्रर्ण तथा स्थानान्तरणको प्रकृया अघि वढेको जानकारी दिनु भयो।

यस्तै आँपटारी, देवघाट, ठिमुरा, रामनगर धार्मिक मार्ग स्तरोन्नति , बिगत चार कार्यकाल देखि बेरुजु रहेको ७३ लाख २९ हजार ९४७ रुपैंया फरफारक लगाएतका महत्वपूर्ण कामहरु भएको उहाँले बताउनु भयो।

क्षेत्र बिकास समितिका जेष्ठ सदस्य बिष्णुहरी रिमालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समितिका पूर्ब अध्यक्ष शैलेन्द्र कुमार पिया, सदस्य गिता भटराई, नारायणी टोल बिकास संस्थाका अध्यक्ष चिजकुमार श्रेष्ठ, जोर कुसुम पार्क उपभोक्ता समितिका अध्यक्ष मदन श्रेष्ठ, कर्मचारी अशोक पराजुलि लगाएतले बोल्नु भएको थियो ।

Loading...