एलाईभ अस्पतालका संचालक डा. लामिछाने र डा. खरेल सम्मानित

चितवन । सामाजिक उत्तरदायीत्व वहन गरेको भन्दै भरतपुरको एलाईभ हस्पिटल एण्ड रिसर्ज प्रालीका चिकित्सक सम्मानित भएका छन । थारु कल्याणकारीणी सभाको केन्द्रीय महाधिवेशनको अवसरमा अस्पतालका प्रवन्ध निर्देशक डा. विएम खरेल र बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामीछाने सम्मानित भएका हुन।

२०६५ सालमा थारुहट आन्दोलनको क्रममा घाईते भएका चितवनका संजित महतोको निशुल्क उपचार गरेका थिए । ९ वर्षसम्म ओछ्यानमा रहेका महतो उपचारपछि हिड्न सक्ने भएका थिए।

थला परेका विरामीको निशुल्क उपचार गरेर पुरानो अवस्थामा ल्याएको भन्दै सम्मान गरिएको हो । निजि अस्पताल संचालन गरेपनि डा. लामिछाने र डा. खरेलले दुखी र आर्थिक विपन्नता भएका धेरैको उपचार गरेका छन । हाड जोर्नीको उपचारमा अब्बल मानिएका लामिछानेले जटिल अवस्थाका विरामीको सफल उपचार गर्दै आएका छन ।

Loading...