बैरिया माविमा प्राविधिक शिक्षाको पढाइ सुरु

चितवन , रत्ननगर । रत्ननगर १० मा रहेको बैरिया माविले प्रविधिक शिक्षाको पढाई सुरु गरेको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा सो विद्यालयले पशु विज्ञानको तीन बर्षे डिप्लोमाको पढाइ सुरु गरेको हो ।

मंगलवार आयोजित कार्यक्रममा प्रतिनिधि सभाका साँसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र मेयर नारायण वनले सयुक्त रुपमा प्रविधिक शिक्षालयको उद्घाटन गरेका हुन । प्राविधिक शिक्षा अध्ययनको लागि सो विद्यालयमा ३५ जना विद्यार्थी भर्ना भएका छन ।

सो मध्य २० प्रतिशत विद्यार्थी चितवनका रहेको प्रधानाध्यापक युवराज पौडेलले जानकारी दिए । पशु विज्ञान अध्ययनका लागि लाहन,सर्लाही,सिराहा र भैरहवाबाट विद्यार्थीहरु आएको उनले जानकारी दिए । सो विद्यालयका प्राविधिक शिक्षा सञ्चालनको लागि लागि नगरपालिकाले २४ लाख रुपैया विनियोजन गरेको थियो ।

विद्यार्थीहरुको प्रयोगात्मक शिक्षाको लागि ल्याव बनाइसेको छ भने गोठ बनाएर गाइपालन,बाख्रापालन,माछापालन,बंगुर पालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष केशव आचार्यले बताए । सो अबसरमा मेयर वनले रत्ननगरका सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षलयको रुपमा विकास गर्ने बताए ।

विद्यार्थीहरुको रुची र स्थानीय आवश्यकता अनुसार नगर भित्रका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने मेयर वनको भनाइ छ । कार्यक्रममा प्रदेश सभा साँसद द्धाय कृष्ण खनाल,कन्चन खनाल,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मी,प्रशासकीय अधिकृत संगम सापकोटा लगायतको उपस्थिति गरेको थियो ।

विद्यालयका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सहप्रधानाध्यापक लोकनाथ पाण्डेले सञ्चालन गरेका थिए ।

Loading...