हुकुमवासीलाई ठेगान लगाछौ: मेयर वन

चितवन । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा ओगटेर वस्ने हुकुमवासीहरुलाई हटाउने जनाएको छ । लुमन्ती आवासका लागि सहयोग समुहले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजनाकाबारे नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकिय अधिकृतसहित अन्य अधिकृतहरुलाई जानकारी गराउने उदेश्यले आयोजित कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले सुकुम्वासी अगुवाले साथ दिए हुकुमवासीहरुलाई ठेगान लगाउने वताएका हुन् ।

नगरपालिका एक्लैले केही गर्न सक्दैन मेयर वनले भने – वास्तविक सुकुम्वासी छनौटमा सोही समुदायका अगुवाले सहयोग गरे हामी हुकुमवासीलाई ठेगान लगाउँनेछौ । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले अभियान चालेपनि सुकुम्वासी समुदायकै व्यक्तीले जग्गा वेच्ने गरेको पाईएको उल्लेख गर्दै मेयर वनले जग्गा वेचविखन गर्ने विरुद्ध कठोर निर्णय गर्ने चेतावनी दिए ।

यहाँ रहेका सार्वजनिक जग्गा तथा वस्तीहरुमा घरधुरी थपिन नदिन यहाँकै अगुवाहरु सचेत हुनु पर्नेमा उनले जोड दिए । सार्वजनिक जग्गा वेच्न व्यवसायिक सुकुम्वासीनै लागिपरेका छन् मेयर वनले भने सुकुम्वासी सख्या वढ्न नदिन यहाँकै अगुवा सचेत हुनु पर्छ ,नत्र भएका सुकुम्वासीलाई पनि केही गर्न सकिदैन् ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुलाल रेग्मीले जग्गा हडप्ने मनसायले कतिपय हुकुमवासीहरु सुकुम्वासी वस्ती भएको सार्वजनिक जग्गामा आउने गरेको भन्दै सचेत हुनु पर्ने औल्याए । सो अवसरमा लुमन्ती रत्ननगरका संयोजक सिंहवहादुर लामाले हाल सम्म लुमन्तीले गरेको उपलव्धी र भावी कार्यायोजनाकाबारे जानकारी गराएका थिए ।

Loading...