पुर्वि चितवको सुर्यपुर आधारभुत विद्यालय शमीपुरमा अक्षयकोषको स्थापना

चितवन । पुर्वि चितवको सुर्यपुरमा रहेको राष्ट्रिय आधारभुत विद्यालय, शमीपुरमा अक्षयकोषको स्थापना गरीएको छ । पुर्व प्रवासी नेपाली मञ्च, मकाउका वरीष्ठ उपाध्यक्ष कृष्ण अधिकारीले आफ्नो स्वर्र्गीय वावु शोर वहादुर अधिकारीको स्मृतीमा रु १ लाख १ सय ११ वरावरको रकम अक्षयकोष स्वरुप जम्मा गर्नुभएको प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले जानकारी दिनुभयो ।

विद्यालयले अक्षयकोष स्थापना गरीदिएको भन्दै अधिकारीलाई मायाको चिनो, सम्मान पत्रका साथै खाँदा ओडाएर सम्मान गरेको थियो । कार्यक्रममा स्वर्गीय वावु शोर वहादुर अधिकारीका श्रीमति सुदा अधिकारी सँगै बुहारीहरु राधा अधिकारी र कान्ता अधिकारीलाई पनि सम्मान गरीएको थियो ।

अक्षयकोष निमार्ण कार्यक्रममा बोल्दै अधिकारीले सामाजिक सञ्जालमा विद्यालयको सकारात्मक चर्चा सुनेर विद्यालयलाई सहयोग गरेको वताउनुभयो । अक्षणकोष निर्माण कार्यक्रममा सहभागी कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले विद्यालयको विकासका लागी आफु तत्पर रहेको वताउनुभयो ।

सो कार्यक्रममा कालिका १ का वडा अध्यक्ष लीला वहादुर गुरुङ, नेपाल राष्टिय शिक्षक संगठन, चितवनका पुर्व अध्यक्ष पुर्ण वहादुर पुरी, फेस नेपालका श्रीराम देवकोटा लगायतको उपस्थति रहेको थियो । विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सोम वहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Loading...