मलेसिया जाने कामदारको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने

काठमाडौं । नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। दुई देशबीच हुने सम्झौताको मस्यौतालाई अन्तिम टुंगो लगाउनका लागि नेपाली प्रतिनिधि मण्डल मलेसिया पुगेको थियो।

मलेसिया पुगेको नेपाली टोली र त्यहाँका अधिकारीबीच भएको छलफलमा श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको हो।
वार्तामा नेपालबाट श्रम सह सचिव कृष्ण ज्ञवाली, परराष्ट्र मन्त्रालयका सह सचिव तपस अधिकारी र कानून मन्त्रालयका सह–सचिव फणिन्द्र गौतमको टोली रहेका छन्। त्यस्तै नेपाली राजदूतावासका कार्यबाहक राजदूत कुमार राज खरेल, द्धितीय सचिव विनोद मुखिया, द्धितीय सचिव महेश त्रीपाठि र श्रम सहचारी सनमाया रम्तेल बार्तामा सहभागि दिएका हुन्।

के छन् सहमतिका बुदाँ ? 

  • कामदारमाथि आर्थिक भार हटाउनुपर्ने ।
  • कामदार मलेसिया आउँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्नुपर्ने ।
  • कामदारको तलब कामदारकै बैंक खातामा जम्मा गरिदिनुपर्ने ।
  • कामदार काम गर्ने समय मात्र नभई २४ सैं घण्टा लागु हुनेगरि बिमाको व्यवस्था गर्नुपर्ने । कारणवश कामदारको मृत्यु भएको खण्डमा १ लाख रिंगिटसम्मको बिमाको सुनिश्चित गराउनुपर्ने ।
  • करार अवधि २ वर्षे गर्नुपर्ने ।
  • दुई देशका अधिकारीहरु सामेल हुने गरी संयुक्त कार्यदल बनाएर काम गर्ने ।
  • कामदार मागपत्र प्रमाणिकरण नेपाली दुतावासबाट पनि गर्नुपर्ने ।
  • कामदारको राहदानी कामदार आफैंले राख्न पाउनुपर्ने ।
    नेपालमा स्वास्थ्य परीक्षणमा योग्य भई आएका नेपाली कामदारको मलेसियामा पुनस् परीक्षण गर्दा अयोग्य देखिएमा त्यसबापत
  • कामदारको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने ।
  • मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन्।

छलफलमा मलेसियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीहरु सहभागिता रहेको थियो।

नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयु) को खाका तीन पटकसम्म आदानप्रदान भइसके पनि सम्झौताको केही बुँदामा सहमति जुट्न नसकेपछि छलफलका लागि बुधबार नेपालबाट एउटा टोली मलेशिया गएको थियो।

मस्यौदामा सहमति जुटेसँगै मलसियाका मानवसंशान मन्त्री एम कुलशेकरण सम्झौतामा हस्ताक्षर गर्न नेपाल आउने भएका छन्। एमओयुमा नेपालका तर्फबाट श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्ने छन्।

Loading...