तिनवटा लायन्स क्लवद्धारा आयोजित हेल्दी बेवी कम्पीटिशनमा:ईभा केसी प्रथम

चितवन । वालवालिकालाई स्वस्थ राख्नु पर्दछ भन्ने सचेतना फैलाउने उद्देश्यले चितवनको नारायणगढमा तीन वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा हेल्दी बेबी कम्पिटिशन भएको छ ।

लायन्स क्लब अफ नारायणगढ नारायणी, लायन्स क्लब अफ नारायणगढ दियालो र लायन्स क्लब अफ भरतपुर चौतारीको आयोजनामा शनिबार भरतपुरमा आयोजना गरिएको प्रतियोगितामा तीन वर्षदेखि ६ वर्षसम्मका एक सय १५ जना बालबालिका सहभागी भएका थिए ।

सो प्रतियोगितामा पहिलो हुदै ईभा केसीले सात हजार रुपैयाँ प्राप्त गरेकी छिन् । त्यस्तै, प्रतियोगितामा दोस्रो भएकी बकेना बाल मन्टेश्वरीकी सिम्रीका ताम्राकारले पाँच हजार तेस्रो भएका ड्रिम्सपार्क मन्टेश्वरीका स्वर्णिमश्रेष्ठले तीन हजार रुपैयाँ हात पारेका छन् ।

त्यस्तै, सान्त्वना भएका निड मन्टेश्वरीका शरण न्यौपाने र अर्किड स्कुलका एन्जल न्यौपाने एक÷एक हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । कार्यक्रममा निको अस्पतालका डाक्टर रविन बानिया, नारायणी सामुदायिक अस्पतालका डाक्टर निश्चल मास्के, भरतपुर अस्पतालका डाक्टर उन्नत श्रेष्ठले प्रतियोगी बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरि सबै उत्कृष्ट प्रतियोगी छनौट गरेका थिए ।

प्रतियोगिता अघि भएको औपचारिक कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३ सय २५ विटुका द्वितीय गभर्नर शभ्भु नकर्मी, पुर्व डिष्ट्रिक्ट गभर्नरहरु धनश्याम भट्टराई, राजकुमार श्रेष्ठ, प्रभात कुमार जोशी लगायतले मन्तव्य राखेका थिए । लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष अनुषा चुके, लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष दुर्गालक्ष्मी शाक्य तथा लायन्स क्लब अफ भरतपुर चौतारीका अध्यक्ष विनु रायमाझी पौडेलको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक रजनी मास्केले स्वागत मन्तव्य राखेकी थिइन् ।

Loading...