दुल्लुमा अप्टिकल फाइबर बिछाउँने काम छिट्टै

- कृष्ण प्रसाद अधिकारी

दैलेख । नेपाली काँग्रेसका तत्कालीन क्षेत्रीय सभापति शहिद पूर्ण बहादुर भण्डारीको १६ औँ स्मृती दिवस मनाइएको छ । नेपाली काँग्रेस दुल्लू नगर कार्य समितिको आयेजनामा बालेश्वरमा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको छ ।

प्रदेश सभा सदस्य हिम बहादुर शाहीले नेपाली काँग्रेसका नेता कार्यकर्ता विस्राम रहीत भएर संगठन बिस्तारमा लाग्न आग्रह गर्नु भयो । उहाँले देलेखको नेपाली काँग्रेसका तत्कालीन नेता भद्र बहादुर शाही र पुर्ण वहादुर भण्डारीको अभाव रहेको बताउनु भयो । उहाँले मन्तब्यको अधिकाँस समय शहिद पूर्ण बहादुर भण्डारीको योगदान र बलिदानको बारेमा बोल्नु भएको थियो । शाहीले सम्पूर्ण नेताकार्यकर्ताहरुले निर्वाचनको निरासालाई किनारा लगाएर सहासका साथ लोकतन्त्रको संस्थागत विकासको लागि , राष्ट्रियताको संरक्षण र नेपाली जनताको समृदीका लागि यात्रा तय गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले शहीद पूर्ण बहादुर भण्डारीले देखाएको बाटोमा अगाडी बढ्न तयार रहेको बताउनु भयो । उहाँले दुल्लूको विकासको लागि अवको केही दिनमा अप्टिकल फाइवर विछाउने काम सुरु हुने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य किरण भण्डारी , नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखका अध्यक्ष सीता राना , महाधिबेसन प्रतिनिधि , सुमित्रा शाह , आग्ने सार्की ,पुर्व महाधिबेसन प्रतिनिधी राजेश शाही , केशव भण्डारी लगाएतका बक्ताहरुले शहिद भण्डारीको योगदानको बारेमा प्रसंसा गरेका थिए ।

नेपाली काँग्रेस दुल्लू नगर कार्य समितिका सभापति टंक रिमालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन दुल्लू नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष लाल बहादुर रावतले गर्नु भएको थियो । कार्यक्रममा भण्डारीको शालिकमा पुश्पगुच्छ सहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Loading...