राज्य र समाजबाट हेप्ने दिनको अन्त्य : कृषि राज्यमन्त्री चौधरी

चितवन । चितवनको भरतपुर महानगरपालिकावडा नं २७पर्साढापमाथारु कल्याणकारिणी सभाले धुमधामले जितियाउत्सवमनाइएको छ । थारु समुदायको महत्वपूर्ण चाडजितियाको अवसरमा चितवनका थारु समुदायले उत्सव नै मनाएका हुन् । कृषि राज्यमन्त्री रामकुमारी चौधरीले भरतपुर महानगरस्तरीय जितिया उत्सवको उद्घाटन गर्नुभएको थियो ।

उत्सवको उद्घाटनगर्दै राज्यमन्त्रीथारुहरुलाई विगतमा राज्य र समाजबाट हेपिएको बताउँदै अब ती दिनको अन्त्य भएको बताउनु भएको छ । चितवन त्यसमा पनि भरतपुर थारू समुदायको संस्कृति र भेषभुषामा अत्यन्तै धनी रहेको बताउँदै उहाँले यसको संरक्षण रविकासमालाग्न सम्पूर्ण थारू समुदायलाई आग्रह गर्नुभयो ।

थारू समुदायमा जितिया पर्वको साँस्कृतिक महत्वरहेको बताउँदै मन्त्री चौधरीले सम्पूर्णलाईजितियापर्वको अवसरमा शुभकामनाव्यक्त गर्नुभयो । उहाँले सरकार ‘सुखीनेपाली समृद्ध नेपाल’भन्ने नारालाई सार्थक पार्न योजनाबद्धढंगले अगाडिबढिरहेको बताउनुभयो ।

उहाँले निर्मला पन्तदेखि अन्य आपराधिक घटनामा संलग्नहरू छिट्टै कारवाहीको दायरामा आउने बताउनुभयो । शान्ति सुरक्षाअमनचयन कायम राख्नु सरकारको प्रमुखदायित्व रहेको बताउँदै उहाँले यसमा समाजको दायित्वपनिउत्तिकै रहने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाप् रमुख रेनु दाहालले थारु समुदायका महिलाहरुको महान जितिया पर्व साँस्कृतिक संरक्षणमा महत्वपूर्ण हुने भन्दै जितिया पर्वको अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रचलितधर्म, सँस्कृतिको रक्षा, जगेर्ना र प्रवद्र्धन गर्न यस महोत्सव सार्थक हुने विश्वास गर्नुभयो ।

यस्ता मेला महोत्सव र पर्वहरु साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण माध्यम हुने र यस्ता साँस्कृतिक मेला पर्वहरुले समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक सम्बन्ध कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । 

महानगर प्रमुख दाहालले चितवनमा थारु सँस्कृति, झम्टा,लठ्ठीनाच र थारु समुदायको खानाको परिकारले पर्यटनप् रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको लक्ष लिएर अगाडि बढिरहेको बताउँदै महानगर प्रमुख दाहालले रिङगरोड लिंक रोड सिटीहल र अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला महानगरको गौरवको आयोजनाभएको बताउँदै केही सुरू भइसकेको र बॉकी तयारीमा रहेको बताउनुभयो ।

कृषि,पर्यटनशिक्षा,स्वास्थ्य र पूर्वाधार विकासको समुचित विकास गरेरमात्र भरतपुर महानगरको समृद्धिको यात्रा पूरा हुने प्रमुख दाहालको भनाइ थियो। कार्यक्रममा प्रदेस सभासद मिलनबाबु श्रेष्ठ,रामलालमहतो,कृष्ण भुर्तेल,बलराम पौडेल, रिना गुरुङ लगायतले थारू समुदायका अगुवाहरूले थारू संस्कृति र जितिया उत्सवको शुभकामना दिनुभएको थियो ।

महोत्सवमा थारू संस्कृतिझल्कने गीत,नाच तथा आकर्षक झॉकीहरू प्रस्तुत गरेका थिए । महोत्सव परिसरमा थारू समुदायको परम्परागत खाना,पोशाक र भेषभुषाहरु प्रदर्शन गरिएको थियो । प्रत्येकवर्ष आस्बिन १५गते थारूसमुदायले जितिया पर्वलाई महोत्सवका रूपमामनाउने गर्दछन् ।

भरतपुर महानगर अन्तर्गतकाथारू समुदायका महिला तथा पुरूषहरू थारू समुदायको संस्कृति झल्कने भेषभुषामा सजियर महोत्सवमा सहभागीभएकाथिए ।

Loading...