सुरक्षितको विजयी यात्रा

चितवन, रत्ननगर । ईन्द्रेणी कृषक समुह रत्ननगरले आयोजना गरेको टोल स्तरीय नकआउट फुटवल प्रतियोगिता अन्र्तगत सोमवार भएको पहिलो खेलमा सुरक्षित टोल विकास संस्था विजयी भएको छ ।

रामजानकी टोल विकास संस्थासंग भएको खेलमा ३÷० गोल अन्र्र्तरले रामजानकीलाई पछि पार्दै सुरक्षित विजयी भएको हो । खेलको पहिलो हापमा नै एक गोलका साथ अगाडी रहेको सुरक्षित दोस्रो हापमा थप दुई गोल गर्दै विजयी भएको हो । आज भएको खेलमा सुरक्षित टोल विकास संस्थाका मनिष लामीछाने म्यान अफ दी म्याच घोषणा भएका छन् ।

उनलाई ईन्द्रेणी कृषक समुहका अध्यक्ष चेकमान वाईवाले मेडल तथा पमाणपत्रले सम्मान गरेका थिए । आजवाट सुरु भएको खेलमा वडा नम्मर १५ मा रहेका १९ टोल विकास संस्थामध्ये १४ वटा टोल विकास संस्थाले खेलमा सहभागीता जनाएका छन् ।

खेलमा प्रथम टोलले ३० के.जीको खसी सिल, मेडल, प्रमाणपत्र तथा दृतिय टिमले २५ के.जीको खसी सिल, मेडल तथा प्रमाणपत्र प्रदान गरीने छ । भोली आदर्श टोल विकास संस्था तथा दिगदर्शन टोल विकास संस्थाविच खेल हुदैछ ।

Loading...