ने क पा प्रवक्ताको टिप्पणीः सरकार नारामै मात्र सिमित भयो

काठमाडौँ । नेकपाका नेता नारायणकाजी श्रेष्ठले पार्टी माक्र्सवादी सिद्धान्त र चिन्तनबाट विच्चलित हुदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले पार्टी भित्रको बैचारिक र सांस्कृतिक कमजोरी तथा बढ्दै गएको भ्रष्टाचारप्रति असन्तुष्ठी जाहेर गर्नुभयो । पछिल्लो समय पार्टी भित्र मार्कवाद र लेनिनवादको सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धति कमजोर बन्दै गएको भन्दै उहाँले समयमै बैचारिक बहस नचलाउने हो भने कम्युनिष्ट पार्टी नाम मात्रमा सिमिति हुने खतरा औल्याउनुभयो ।

सत्तारुढ दलकै शिर्ष नेता श्रेष्ठले सरकार काममा भन्दा अर्मुत नारामा सिमिति भएको टिप्पणी गर्नुभयो । उहाँले पार्टी भित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भईसकेको बताउनुभयो । उहाँले भन्नुभयो “ मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारी वाहेक अरु बसलाई म सफाय गर्दिन्छु । त्यसरी भ्रष्टाचार विरोधी आन्दोलन हुदैन । त्यसरी कम्युनिष्ठ आन्दोलन चल्दैन । माक्र्सका अनुसार क्रान्तिको पहिलो निशाना आफु हो । ”

दैनीक रुपमा दक्ष युवाहरु विदेसिने क्रम बढ्दै गएको भन्दै उहाँले अर्मुत नारा दिएर मात्रै क्रान्ति नहुने बताउनुभयो ।

दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको भन्दै उहाँले राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक रुपमा विस्तार गर्दै सामाजिक न्याय सहितको सम्वृद्धि हासिल गरि समाजवाद उन्मुख सम्वृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो ।

Loading...