आजको खेलमा दिग्दर्शन टोल विजयी

चितवन, रत्ननगर । ईन्द्रेणी कृषक समुह रत्ननगरले आयोजना गरेको टोल स्तरीय नकआउट फुटवल प्रतियोगिता अन्र्तगत मंगलवार (आज) भएको खेलमा दिग्दर्शन टोल विकास संस्था विजयी भएको छ ।

आदर्श टोल विकास संस्थासंग भएको खेलमा ४÷१ गोल अन्र्र्तरले आदर्शलाई पछि पार्दै दिग्दर्शन विजयी भएको हो । खेलको ३ मिनेटमा दिग्दर्शनका जर्शी नम्मर ७ का खेलाडी दिवश भट्टले पहिलो गोल गरेका थिए । पहिलो कर्नर पाएको दिग्दर्शने त्यो मौकालाई पनि गोलमा परिणत गरेको थियो ।

दिग्दर्शनका क्याप्टेन समेत रहेका दिवशले १२ औं मिनेटमा अर्को गोल गर्दै दिग्र्दशनलाई अग्रता दिलाएका थिए । दोस्रो हापमा पनि दिवशले नै अर्को एक गोल गर्दा आर्दश सुन्यमा सिमित थियो ।

आर्दशका जर्शी नम्मर ७ का खेलाडी अस्विन न्यौपानेले पहिलो गोल गर्दै खाता खोल्न नपाउदै दिग्दर्शनको तर्फवाट जर्शी नम्मर २ का खेलाडी सुर्दशन नेपालले १ गोल थपेर दिग्दर्शनलाई ४÷१ ले अग्रता दिलायो । आज भएको खेलमा दिग्र्दशन टोल विकास संस्थाका खेलाडी दिवश भट्ट म्यान अफ दी म्याच घोषणा भएका छन् ।

उनलाई ईन्द्रेणी कृषक समुहका अध्यक्ष चेकमान वाईवाले मेडल तथा पमाणपत्रले सम्मान गरेका थिए । हिजोवाट सुरु भएको खेलमा वडा नम्मर १५ मा रहेका १९ टोल विकास संस्थामध्ये १४ वटा टोल विकास संस्थाले खेलमा सहभागीता जनाएका छन् ।

खेलमा प्रथम टोलले ३० के.जीको खसी सिल, मेडल, प्रमाणपत्र तथा दृतिय टिमले २५ के.जीको खसी सिल, मेडल तथा प्रमाणपत्र प्रदान गरीने छ । भोली हातेमालो टोल विकास संस्था तथा शान्ती टोल विकास संस्थाविच खेल हुदैछ ।

Loading...