पर्यटन क्षेत्रको विकासमा निजि क्षेत्रको भूमिका महत्त्वपूर्ण– मन्त्री अधिकारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा लगानी बढाउन पनि निजी क्षेत्रलाई आह्वान गर्नु भयो । पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक ऐन, कानुन बनाउने मन्त्री अधिकारीको योजना छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने माध्यामको रुपमा पर्यटन क्षेत्रको विकास गर्ने घोषणा पनि गर्नु भयो । उहाँले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले आवश्यक कामलाई अघि बढाएको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकासमा लागि नेपाललाई विवाह गर्ने गन्तव्य स्थलको रुपमा पनि विकास गर्न सकिने धारणा राख्नु भयो ।

महासंघले पर्यटन विकासका लागि होटलहरुको स्तरोन्नतिमा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै आएको छ ।

Loading...