संसदीय समितिमा सरकारको चर्को आलोचना

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्रशासनिक संयन्त्रलाई पारदर्शी बनाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन ।

प्रतिनिधिसभाका सांसदद्धय नवराज सिलवाल र विनोद चौंधरीले प्रशासनिक संयन्त्रलाई पारदर्शी बनाउन नसकेको भन्दै सरकारको आलोचना गर्नु भएको हो । मंगलबार प्रतिनिधि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद नवराज सिलवालले मुलुकलाई अघि बढाउन प्रशासनिक निकायलाई पारदर्शी बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सेवाग्राहीलाई सेवा दिने गरी प्रशासनिक संयन्त्रको क्षमता विकास गर्न पनि नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो ।

सांसद विनोद चौंधरीले कर्मचारीलाई तोकिएकै क्षेत्रमा परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भयो । उहाँले प्रशासनिक खर्च कम गरेर विकासमा खर्च बढाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

समितिका अन्य सदस्यहरुले पनि मुलुकलाई सुशासन दिन प्रशासनिक संयन्त्र बाधकको रुपमा रहेको आरोप लगाएका थिए ।

Loading...