निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही भएरै छाड्ने : गृहमन्त्री बादल

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाएका छन्।

 

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल  चितवनले बुधबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरेको भए पनि घटनालाई राजनीतिकरण गरेर अफवाह फैलाइएको बताउनुभयो । ९५ प्रतिशत हिंसाका घटनामा संलग्न अपराधीहरु कानुनी कठघरामा आएको भन्दै उहाले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही भएरै छाड्ने दाबी गर्नुभयोे । उहाले निर्मला जस्ता सयौं बलात्कार भएका छन् र अपराधी कसैले पनि उन्मुक्ति पँउदैन बँकी रहेका २ र ४ प्रतिशतलाई छिट्टै कानुनी कठघरामा ल्याउने बताउनुयो।

घटना लगत्तै उच्चस्तरीय छानबिन समिति गठन गरेर घटनाको अनुसन्धान भएको भन्दै गृहमन्त्री थापाले समितिको प्रतिवेदनको निष्कर्षलाई आधार मानेर झन् गहिराइका साथ अनुसन्धान गरिरहेको बताउनुभयो । छानबिन समितिको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने गृहमन्त्री थापाको भनाइ छ । उहाले घरेलु हिंसा बढ्नुको प्रमुख कारण मदिरा, ड्रग्सलगायतका लागूपदार्थ भएको भन्दैे मदिराको नियमन र नियन्त्रण गरिने बताउनुभयो । मदिरा सेवन र बिक्री वितरणलाई कडा बनाइने जानकारी दिनुभयो । सार्थै अपराधिक क्रियाकलापमा युवाहरु शिकार भएको भन्दै उहाले युवालाई अग्रणी भूमिकामा राखेर चेतनामूलक कार्यक्रम गरिने बताउभयो।

थापाले देशका ३६ हजार स्कूल क्याम्पस र ७ हजार वडामा घरेलु हिंसा विरुद्धको अभियान चलाइने जानकारी दिनुभयो । भ्रष्ट्राचार, गुण्डागर्दी र अपराध नियन्त्रणमा सरकारले प्रथामिकताका साथ काम गरिरहेको गृहमन्त्री थापाले उल्लेख गर्नुभयोे । सरकारले विकासका लागि आवश्यक पूर्वाधार निर्माणसम्बन्धी काममा महत्वपूर्ण उपलब्धी हँसिल गरेको भन्दै उहाले चीनसगको पारवहन सम्झौता र भारतसगको जल, रेल र यातायात सम्बन्धी महत्वपूर्ण सम्झौता भएको बताउनुभयो।

सरकारले चन्दा आतंक, अपराध, सिन्डिकेट र भ्रष्टचार अन्त्य गर्न कडा कदम चालेको उहाले दाबी गर्नुभयोे । उहाले तस्करहरु निस्तेज पारेको र राजस्वमा उल्लेख्य वृद्धि भएको जीकिर गर्नुभयोे । सरकार कडाइका साथ प्रस्तुत भएका कारण गुण्डाहरु भूमिगत भएको उहाको भनाइ छ । अर्काे प्रसंगमा गृहमन्त्री थापाले वर्तमान सरकारका कारण ३३ किलो मात्र नभई तीन हजार तीन सय बढी किलो सुन तस्कर गर्नेहरुको सञ्जाल ध्वस्त बनेको दाबी गर्नुभयोे ।

Loading...