भ्रष्टाचार, गुण्डागर्दी र अपराध नियन्त्रणमा सरकारको प्रथामिकतामा: गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले समृद्ध नेपाल सुखि नेपाली अहिलेको मूख्य आवश्यक्ता रहेको बताउनुभएको छ । प्रदेश नम्बर ३ ले आज भरतपुरमा आयोजना गरेको लागु औषध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्युनिकरण सम्बन्धि सचेतना एवंम् अन्तरक्रिया कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो ।

घरेलु हिंसा बढ्नुको प्रमुख कारण मदिरा, ड्रग्स लगायतका लागूपदार्थ भएको भन्दै उहाले मदिराको नियमन र नियन्त्रण गरिने बताउनुभयो । उहाले मदिरा सेवन र बिक्री वितरणलाई कडा बनाइने बताउनु भयो ।

अपराधिक क्रियाकलापमा युवाहरु शिकार भएको भन्दै उहाले युवालाई अग्रणी भूमिकामा राखेर चेतनामूलक कार्यक्रम गरिने बताउनुभयो । थापाले देशका ३६ हजार स्कूल क्याम्पस र ७ हजार वडामा घरेलु हिंसा विरुद्धको अभियान चलाइने जानकारी समेत दिनुभयो ।

उहाले समाजमा रहेका बिभिन्न नामका बिखण्डनकारीहरुलाई निस्तेज गर्न जरुरी रहेको समेत बताउनुभयो । भ्रष्टाचार, गुण्डागर्दी र अपराध नियन्त्रणमा सरकारले प्रथामिकताका साथ काम गरिरहेको गृहमन्त्री थापाले उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले अपराधिलाई समातेर सुधार गृहमा ल्याउने पछि छुटेर गएपछि पुन त्यही ठाउमा आयो भने सुधार गृहको कुनै अर्थ नरहने बताउनुभयो ।

उहाका अनुसार गतवर्ष मादक पदार्थ सेवन गर्ने ४२ हजार ८ सय ७३ जना कार्बाही भएको, १ लाख २१ हजार ८ सय घरेलु मदिरा नष्ट गरेको र लागु औषध सम्बन्धि ३ हजार ८८ वटा मुद्धा दर्ता भएको बताउनुभयो । उहाले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई प्रहरीमा कुनै ठाउ नरहने बताउनुभयो ।

प्रहरी अपराधिसंग साठगाठ रहेको भन्ने कुरा भ्रम मात्र रहेको बताउदै त्यसमा कुने सत्यता नरहेको र प्रहरी अपराधिसंग कुनैपनि हालतमा साठगाठ नरहने उहाले स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक बिकास मन्त्रि युवराज दुलाल, आन्तरीक मामिला तथा कानुन मन्त्रि शालिकराम जमरकट्टेल, उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रि अरुण नेपाल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Loading...