यसपटकको दसै र तिहारमा गरेर जम्मा आठ दिन बैंक बन्द हुने

काठमाडौ । यसपटकको दसै र तिहारमा गरेर जम्मा आठ दिन बैंक बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फूलपातीदेखि कातिक ३ गते एकादशी सम्म बैंक बिदा हुनेछ।

सरकारले यसपटकको बिदामा कटौती गरेकाले बैंकहरुले पनि घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको बिदा पाउने छैनन् । यसअघि यी दिनमा कर्मचारीले बिदा पाउदै आएका थिए । तिहारमा भने तीन दिन बैंक बन्द हुने भएको छ । कातिक २१ गते लक्ष्मी पूजा, २२ गते गोबद्र्धन पूजा र २३ गते भाइटीकाका दिन बैंक बन्द रहनेछ ।

Loading...