कावासोतीका ४५ वर्षका बुद्ध सुनार विगत ६ वर्ष देखी छोडुवा पशुको संरक्षण र व्यवस्थापनमा

- बिबेक भण्डारी

नवलपुर । नवलपरासीको कावासोतीका एक ब्यक्तिले वर्षौ देखी छोडुवा पशुको व्यस्थापनमा नै आफ्नो सम्पती तथा जिवन अर्पिएका छन् । ४५ वर्षका बुद्ध सुनार विगत ६ वर्ष देखी स्थानीय जातका गाईको संरक्षण र छोडुवा पशुको व्यवस्थापनमा जुटेका हुन्।

जर्सी जातको गाई तर्फ किसान आकर्षित भएपछी गोठमा वाधेँका (काठे) गाई किसानले फुकालेर छाडां छोडीदिने प्रचलन बढेपछि यस्तो गरेका हुन् । सुनारले आफ्नै लगानी र मेहनतमा विगत ६ वर्ष देखी कावासोतीमा रहेको विश्वकर्मा मन्दिरको हातामा विश्व माता गौशाला स्थापना गरी वेवारीसे पशुको पालन गरीरहेका छन्।

हिन्दु धर्ममा लक्ष्मी मानीने गाईको सेवामा नै जिवन विताउने सुनारको काममा अहीले सहयोगी हात समेत वढ्न थालेको छ । अहीले गौशालामा ३८ ओटा गाई बाच्छा रहेका छन् । अहीले गाईको पिसाव लाई शुद्धीकरण गरी औषधिकोरुपमा समेत प्रयोग वढाउन लागिएको छ ।

Loading...