ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफर सुरु (तस्विर सहित )

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफर बिहिबारबाट सुरु भएको छ । विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था रहेको ए टु जेड मोबाइल हाउसका संचालक दिवाकर गुरुङले बताउनु भयो ।

त्यसका साथै मोबाइल किन्दा लक्की ड्र मार्फत सुनको सिक्का जित्ने अफर पनि राखिएको समेत बताउनु भयो । कार्यक्रममा सात जनाले सुनको सिक्का प्राप्त गरेका थिए ।

सुनको सिक्का प्राप्त गर्नेहरुमा शेखर विश्वकर्मा, सन्जु पौडेल, सुशिल पोख्रेल, सागर आले मगर, राज कुमार कुमाल, सन्जु थापा मगर र जानुका गुरुङ रहेका थिए । कार्यक्रममा १०० जना भन्दा बढी ग्रँहकहरुको उपस्थिति रहेको थियो । यस मोबाइल फेस्टिभल अफर असोज २५ गतेसम्म सन्चालन हुनेछ ।

Loading...